सुरक्षाकर्मीले कन्सर्ट रोक्न लाग्दा राजेश पायल राईले भने– कानुन पालना गरेरै मनोरंजन दिन्छु

  • प्रकाशित मितिः माघ, 2, 2074
  • सौरभ श्रेष्ठ

बिर्तामोड/ यशोदा फुड्स प्रालिको उत्पादन करेन्ट चाउचाउको प्रवद्र्धनका लागि बिर्तामोडमा आयोजित मनोरंजन मेलामा राई इज किङ राजेश पायल राईले आफ्ना नयाँ तथा पुराना गीतले दर्शकलाई मनोरंजन दिएका छन् ।

स्थानीय प्रशासनले साँझ ५ बजेसम्म अनुमति दिएको ‘करेन्ट मनोरंजन मेला’ लाई सुरक्षाकर्मीले बन्द गराउन लाग्दा राजेश स्टेज उक्लेका थिए । कार्यक्रम रोक्न स्थानीय प्रशासनले आग्हर गरिरहँदा राजेशले प्रशासनसँग आफैं आग्रह गर्दै नियम कानुनको पालना गरेर दर्शकलाई मनोरंजन दिने भन्दै आफ्नो सुमधुर स्वरले दर्शकलाई मन्त्रमुग्ध पारे ।



राजेश स्टेज चढ्ने बित्तिकै उनले ‘मैले मायाले दिएको चिनो’ गाएपछि सुरक्षाकर्मी पनि शान्त रहे । राजेशले १ घण्टाको समय थप गर्न आग्रह गर्दै भने, ‘हामी कलाकारहरू स्टेज चढेपछि गीत गाउनु पाउनु पर्छ र सबैले मनोरंजन लिन पाउनुपर्छ । हामी सबै नियम कानुन पालना गरेर मनोरंजन प्रदान गर्छौं ।’

राजेशको आग्रहमा शान्त भएको स्थानीय प्रशासन समेत उनका ‘दर्शन नमस्ते’, ‘उकालीमा जाँदा’, ‘मत मर्छु कि क्या हो ठूली’, ‘ज्यान दिन्छु’,‘ दर्पण छाया’ लगायत आधा दर्जन गीतमा मनोरंजन लिएका थिए ।
राई इज किङ पछि आएका अर्का पपस्टार सबिन राईले पनि उत्तिकै संख्यामा गीत गाए । दर्शक आफ्ना आइडल स्टारका गीत सुन्न आतुर भएपनि समय र स्थानीय प्रशासनको अनुमतिका कारण छोटो समयमै मनोरंजन लिन बाध्य थिए ।


मनोरंजन मेलामा श्रीकृष्ण लुइँटेल, डिल्ली फोम्बो, मिलन अमात्य, जितु नेपालले प्रस्तुति दिएका थिए । दर्शकले एभरेष्ट क्रुको बिबोइङ, जादुगर बलराम सरकारको जादूसमेत नियालेका थिए ।
करेन्ट मनोरंजन मेलामा विभिन्न खेलका स्टलदेखि चाउचाउका विभिन्न स्वाद लिएका थिए । मेलामा यशोदा फुड्सका निर्देशक अर्जुन भण्डारी, ब्रान्ड एम्बेसडर सन्ध्या केसीलगायत कम्पनीका प्रतिनिधिको सहभागिता रहेको थियो ।













पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved