कोशीको जेटबोट अनिश्चितकालका लागि बन्द

  • प्रकाशित मितिः फाल्गुन, 1, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / स्थानीय टोले गुण्डाहरुले अनेक माग राखेर दुःख दिन थालेपछि सप्तकोशी नदीको चतरादेखि भोजपुरको हतुवागढीसम्म सञ्चालन हुँदै आएको जेट बोट अनिश्चितकालका लागि बन्द गरिएको छ ।

सरकारले सुरक्षा प्रदान गर्न नसकेको, भाडा दर नतोकिदिएको र नियमनका लागि कानून नबनाएको भन्दै ४ वटा कम्पनीका ७ वटा जेट बोटहरु चलाउन बन्द गरिएको नेपाल जल यातायात व्यवसायी महासंघले जनाएको छ ।

स्थानीयहरुले रोजगारी दिनुपर्ने, आर्थिक सहयोग गर्नुपर्ने र निःशुल्क यात्रा गराउनु पर्नेलगाएतको माग राखेकाले बन्द गर्नुको विकल्प नभएको महासंघका सदस्य राजेन्द्र कार्कीले बताए ।

जेट बोट सञ्चालकहरुले चतरादेखि भोजपुरसम्मको करीब २१ किलोमिटर यात्राका लागि प्रति व्यक्ति ५ सय रुपैया भाडा लिने गरेका छन् ।

सोही रकमबाट प्रति यात्रु ५ लाख रुपैयाको बीमा समेत गरेको बताएका छन् । जेट बोटबाट दैनिक ५ सय यात्रुहरुलाई आवत–जावत गराउनुका साथै आन्तरिक पर्यटनमा सहयोग पु¥याएको जेट बोट सञ्चालकहरुको दाबी छ ।

जेट बोट बन्द भएपछि त्यस क्षेत्रका स्थानीयहरुलाई आवत–जावतमा समस्या भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved