कुवेतको ढुंगाखानीमा विस्फाेट, धेरै नेपाली हताहत भएको आशंका

  • प्रकाशित मितिः फाल्गुन, 1, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / कुवेतको एक ढुंगाखानीमा विस्फाेट हुँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ।

कुवेतस्थित मुतलामा रहेको ढुंगाखानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा सो दुर्घटना भएको अरब टाइम्सले जनाएको छ।

घटनास्थलबाट ६ जनाको शव निकालिएको छ। १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ।

उनीहरु खानीमा पुरिएको अरब टाइम्सले जनाएको छ। श्रमिकहरु खाडलमै भएका बेला ढुंगा फुटाउन बम बिस्फोट गरिएको थियो।

विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन्।

घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved