नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की

  • प्रकाशित मितिः माघ, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन्। मंगलबार सार्वजनिक मतपरिणाम अनुसार कार्कीले आफ्ना प्रतिद्वन्दी डा. पुष्पमणी खराललाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याउँदा डा. खरालले १ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए। देशभर गरी दुई चरणमा भएको निर्वाचनमा ६ हजार १ सय ५१ मत खसेको थियो।

संघको वरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ, उपाध्यमा डा. अनिलविक्रम कार्की, कोषध्यक्षमा डा. प्रकाश बुढाथोकी, महासचिवमा डा. बद्री रिजाल, सहसचिवमा डा. निरजकुमार सिंह, सहकोषाध्यक्षमा डा. विश्वराज दवाडी निर्वाचत भएका छन्।

यस्तै सदस्यहरुमा डा. विपेश आचार्य, डा. नन्दाकुमारी गुरुङ, डा. लिजन महर्जन, डा. प्रमोद जोशी, डा. रितेश थापा, डा. सञ्जिव तिवारी विजयी भएका छन्।

फागुनमा हुने संघको सम्मेलनबाट कार्यसमितिले औपचारिक जिम्मेवारी पाउनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved