चीनबाट स्वदेश ल्याउने तयारी भइरहेका नागरिकको निगरानीमा ६० स्वास्थ्यकर्मी खटाइने

  • प्रकाशित मितिः माघ, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । 

चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । स्वदेश फिर्ता गरेका नागरिकहरुलाई ६० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने र उनीहरुलाई  तयारी अवस्थामा राख्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुलाई क्यारेन्टाइनमा  राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ । ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।

४ दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचङुनारायणमा चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी बढाउन निर्देशन दिएका थिए । ती स्थानमा  स्थानीयवासीको विरोध चर्किन थालेपछि सरकारले कहाँ राख्ने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवन खाली गरिसकिएको छ भने अन्य स्थानमा व्यवस्थापनको कामनै सुरु भएको छैन ।

उता, चीनमा अध्ययन गर्न गएका विद्यार्थीका आफन्तजनले आफ्नो परिवारका सदस्यहरुलाई तत्काल स्वदेश फिर्ता गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रियमानवअधिकार आयोग लगायतका सरोकारवाला निकायमा धाइरहेका छन् । उनीहरुले तत्काल आफन्तजनलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरिरहेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved