त्रिवि शिक्षण अस्पतालमा चौथो पटक कलेजो प्रत्यारोपण सफल

  • प्रकाशित मितिः माघ, 25, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / शिक्षण अस्पताल महाराजगञ्जमा चौथोपटक कलेजो प्रत्यारोपण गरिएको छ। काठमाडौं बौद्धका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीया छोरीले कलेजो दान गरेकी हुन्।

झण्डै नौ घण्टा लगाएर अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीको टोलीले सफल रूपमा कलेजो प्रत्यारोपण गरेको हो।

अहिले बाबुछोरीकै स्वास्थ्य स्थिर रहेको उनले बताए।

डाक्टर भण्डारीकै नेतृत्वको टिमले गत जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। त्यसपछि साउन ३ मा दोस्रो र कात्तिक १ गते तेस्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो।

कलेजो प्रत्यारोपणका लागि तीन महिना पालो कुर्नुपर्ने र २५ लाख रुपैयाँमा प्रत्यारोपण गर्न सकिने उनले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved