कोरोना भाइरसको संक्रमण हुन नदिन तयारी शुरु ...

  • प्रकाशित मितिः माघ, 25, 2076
  • पहिलो किताब संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले चीनमा फैलिएको कोरोना भाइरसको सुदूरपश्चिममा संक्रमण हुन नदिन तयारी शुरु गरेको छ।

प्रदेशमा कोरोना भाइरस फैलिन नदिनका लागि आवश्यक पर्ने पूर्वतयारी थालिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

मन्त्री सुवेदीका अनुसार मन्त्रालयले धनगढी विमानस्थलमा यात्रुहरुलाई लक्षित गर्दै हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा शनिबार भएको छलफलमा मन्त्रालयका तर्फबाट स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए।

कार्कीले मुख्यमन्त्री भट्टलाई कोरोना भाइरसलाई लक्षित गरी धनगढी विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्ने, सेती प्रादेशिक अस्पताल, महाकाली र टीकापुर अस्पतालमा चेकजाँचका लागि छुट्टै वार्ड स्थापना गर्ने तयारी गरिएको जानकारी गराएका थिए।

कार्कीले मन्त्रालयले मातहतका जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल लगायतका निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न, मानिसहरुको बढी भीडभाड हुने क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरिने, ज्वरोका बिरामीलाई प्राथमिकतामा राखेर उपचार गर्न र कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने सबै पूर्वतयारी गर्न आवश्यक निर्देशन दिइसकेको विषयमा पनि मुख्यमन्त्रीलाई जानकारी गराएका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved