पर्वतमा ४०२ जनाको निःशुल्क मुटु परीक्षण

  • प्रकाशित मितिः माघ, 11, 2076
  • पहिलो किताब संवाददाता

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।

जसमध्ये १० जनाको मुटुको ‘शल्यक्रिया’ गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिए । सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले बिरामीको परीक्षण गरेका हुन् । ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पुर्याएको थियो । महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् ।

आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । उनका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved