गुगलले ल्यायो मोबाईलको लत हटाउने तीनवटा एप

  • प्रकाशित मितिः माघ, 8, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / के तपाई अत्यधिक फोन चलाउने आफ्नो आदतबाट  छुटकारा पाउन चाहनु हुन्छ ? यदी त्यसो हो भने चिन्ता नगर्नुस, गुगलले तपाइको लागि नै भनेर तीनवटा नयाँ एपहरु विकास गरिदिएको छ। सामान्यतया हामीले देख्ने गरेका एपहरुले सो एप प्रयोगकर्ताले धेरै भन्दा धेरै समय चलाउन् भन्ने चाहन्छन् तर गुगलले त्यसको विपरीत फोन प्रयोगको समय कटौती गराउने तीनवटा एप प्लेस्टोरमा राखीदिएको छ।  

यसबाट हामीलाई कम्प्युटर खेलहरू, सोशल मिडिया, संगीत आदिमा भुल्ने र लामोसमय मोबाइल प्रयोग गर्ने आदतबाट  छुटकारा मिल्न  सक्छ।  

यी एपहरूमा 'एक्टिभिटी बबल्स', 'एन्वेलोप' र 'स्क्रीन स्टपवाच' रहेका छन्।यी एपहरु गुगल प्ले स्टोरमा नि: शुल्क उपलब्ध छन्।  यी एन्ड्रोइड एपहरूको प्रयोग गर्न थालेपछी  तपाईलाई आफुले मोबाइलमा खर्च भएको समयप्रति पछुतो हुनेछ। 

यो एप एकपटक सक्रिय भएपछि  'एक्टिभिटी बबल्स'ले तपाईंको गृह स्क्रिनमा सानो बबल देखाउँदछ। प्रत्येक चोटि तपाईले फोन अनलक गर्दा यसले नयाँ बबल सिर्जना गर्दछ र तपाईले खर्च गर्ने समयको आधारमा यो ठूलो हुँदै जान्छ। 

अर्को तर्फ, स्क्रिन स्टपवाचले तपाईंलाई वास्तविक समय देखाउँदछ जुन तपाईंले फोनको उपयोग गरेर बिताउनु भएको हो।  तपाईंको होम स्क्रिनको पृष्ठभूमिमा कति समय लगातार फोन चलाउन खर्च गर्नुभयो त्यो आउँछ। यसले तपाईंलाई पश्चताप महसुस गराउँनेछ। 

माथिका दुई एपहरू केवल तपाईंको फोनमा लाइभ-वालपेपरको रूपमा काम गर्दछन्। 

तेस्रो एप अहिलेसम्मको अनौंठो एक खाम हो।  किनभने यसले प्रयोगकर्ताको लागि एक खाम छाप्छ जसमा तपाईंले आफ्नो फोन राख्नुपर्छ। यो पीडीएफमा  छाप्नुपर्नेछ। अनी यसलाई खामको स्वरुप दिनुपर्छ र त्यसभित्र मोबाइल राख्नुपर्छ। यसले फिंगरप्रिन्ट सेन्सर र क्यामेरा मोड्युल खुला गर्दछ। तिनीहरू केवल  कल गर्न, फोटो खिच्न र भिडियो रेकर्ड गर्न सक्ने मोड्युल मात्र एक्टिभ गर्दछन् ।

 जबसम्म तपाइको धैर्यता कायम रहन्छ तबसम्म त्यो फोन खाम भित्र नै छोड्नु पर्नेछ। त्यसपछी तपाईंले खाम फाड़्नु पर्छ र फोन बाहिर निकाल्नु पर्छ। हाललाई यो एप पिक्सेल थ्री ए मा मात्र उपलब्ध छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved