नेप्सेमा गीरावट

  • प्रकाशित मितिः पुष, 29, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको शुरूबाटै उर्लिएकाे नेप्से तेस्रो दिन एक्कासी घटेको छ । अघिल्लो दिन दोहोरो अंक १५ दशमलव १४ अंकले बढेको नेप्से मंगलबार ७ दशमलव ४८ अंकले घटदा नेप्से परिसूचक १ हजार २ सय ६३ दशमलव ३८ मा थामिएको छ ।

नेपाल स्टक एक्सचेञ्जकानुसार मंगलबार नेप्से ० दशमलव ५९ प्रतिशतले घटेको छ । नेप्से घटे पनि १ सय ८३ कम्पनीको शेयर कारोबार भएकोमा ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता शेयर कारोबार हुँदा १ अर्ब २ करोड ६४ लाख ४३ हजार ६ सय ६६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, १२ उपसूचक मध्ये ५ वटा उपसूचकको शेयर कारोबार ब्यापार, होटल, बिकास बैंक, फाइनान्स र अन्य बाहेक बाकी सबै उपसूचक घटेको छ ।  कारोबारका हिसाबले प्रभु बैंकको प्रोमोटर शेयरको ९ लाख कित्ता शेयर खरिद त्रिक्री हुँदा कारोबार ११ करोड ४३ लाखको कारोबार भएर अग्र स्थान ओगटेको छ ।

यसैगरि, धेरै कमाउनेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रतिशेयर १० प्रतिशतले बढ्दा १ सय १० पुगेर उक्त कम्पनीको शेयरधनीहरु धरै कमाउनेमा परेका छन् । भने गुमाउनेमा दिव्यश्वरी हाइड्रपावर कम्पनीको शेयरधनीहरुले प्रतिशेयर ८ दशमलव ६२ प्रतिशतले घटेर कारोबार भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved