स्थानीय तहमा भ्रष्टाचार बढ्‌यो

  • प्रकाशित मितिः पुष, 28, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन  पेश गरेको छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् ।  

पछिल्लो आर्थिक वर्ष २०७५/०७६ मा भ्रष्टाचार तथा अनुचित कामका सम्बन्धमा आयोगमा परेका उजुरी र त्यसउपर आयोगले गरेको छानबिन तथा कारबाही विवरण तथा सुझावसहित प्रतिवेदन पेस भएको छ। स्थानीय तहमा भ्रष्टाचार र अनियमिता बढेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।  

नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७५/०७६को वार्षिक प्रतिवेदन पेस गरेको जानकारी राष्ट्रपति कार्यलयमा प्रवक्ता हरि प्रसाद दाहालले दिएका छन्। 

प्रतिवेदन पेस गरेपछि अख्तियारले पत्रकार सम्मेलन गरेर पछिल्लो आर्थिक वर्षामा सम्पादन गरेका कामबारेमा जानकारी दिएको थियो।२०७५/७६ भ्रष्टाचार तथा अनुचित कामसम्बन्धी २४ हजार उजुरी परेका छन्। स्थानीय तहमा भएका आर्थिक अनियमिता र भ्रष्टाचारसम्बन्धमा बढी उजुरी परेका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved