मधेसकाे विकासका लागि जस्तोसुकै कदम चाल्न तयार छु : प्रचण्ड

  • प्रकाशित मितिः मंसिर, 10, 2076
  • पहिलो किताब संवाददाता

बारा/ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बाराको निजगढमा मंगलबार आयोजित सभामा मधेसको विकासको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले शिल्यान्यास भएका द्रूतमार्ग र हुलाकी राजमार्गको प्रगति राम्रो रहेको बताए । ‘कुनै पनि विकास निर्माणका काममा ढिलाई भए म तपाईहरुसँग काँधमा काँध मिलाएर आन्दोलन गर्छु,’ उनले भने, ‘तपाईहरु विश्वस्त हुनुहोस् ।’

प्रदेश २ को पुर्वाधार विकास र सम्भावनाका बारेमा भइरहेका प्रगतिको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदेशका आठै जिल्लाका नेकपा नेता कार्यकर्ता सहभागी कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले द्रूतमार्गको काम तिव्र गतिमा भइरहेको र बारामा बन्ने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए ।

‘हामी छिट्टै शिल्यान्यास गर्छौ र शिल्यान्यास गरेकै दिन उद्घाटनको मिति तोक्छौं,’ पोखरेलले भने, ‘दोस्रो अन्तराष्ट्रिय विमानस्थल बारामा नै बन्नेमा ढुक्क हुनुहोस् ।’
थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved