बुटवल/ पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकामा एक युवकलाई श्रीमती हत्याको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाटले बुलिडटार गाउँपालिका वडा नंं. ४ का तुलाराज गोदामीलाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको हो ।
मृतक महिला बुलिङटार ४ निवासी १८ वर्षीय महिला गोमती गोदामी मगरका आफन्तले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै गोमतीको हत्या भएको दावी गरेका छन् । उनीहरुले गोमतीका बुवा गिरनबहादुर जर्गाहामगरले आफ्नो छोरीलाई हत्या गरेको भएपनि राजनीतिक आडमा घटना लुकाउन खोजिएको बताए ।
मृतक गोमतीका बुवा गिरनबहादुरले आफ्नी छोरीलाई ज्वाई तुलाराज गोदामी मगरले हत्या गरेको दावी गरे । २०७५ साल जेठ २० गते भएको घटनालाई गुपचुप बनाई आत्महत्याको रुपमा पुष्टि गर्न खोजिएको र पछि आफूहरु उच्च अदालत पोखरा गएर मुद्दा हालेपछि अदालतको आदेशमा मृतकका श्रीमान्लाई पक्राउ गरिएको गिरनबहादुर जर्गाहामगरले बताए ।
उच्च अदालत पोखराको आदेशमा गोदामीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गर्न आदेश जारी भएपछि मात्र प्रहरीले मंसिर ०८ गते नियन्त्रणमा लिएको छ । अदालतको आदेशअनुसार मृतकका श्रीमानलाइ नियन्त्रणमा लिई म्याद थप गरी घटनाको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोग... ... ...
काठमाडौं / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्त... ... ...
काठमाण्डौँ / नेपालीभूमि समेटेर भारतले नक्शा सार... ... ...
विविसी / न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी व... ... ...
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved