प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया

  • प्रकाशित मितिः मंसिर, 10, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।

पेटमा अत्याधिक दुखाईका कारण प्रधानमन्त्री ओली मंगलार अस्प्ताल भर्ना भएका थिए । उनलाई एपेन्डिसाइटिस भएको खुलेको थियो ।
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीको टोलीले शल्यक्रिया गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरुण सायमीले जानकारी दिए।
‘शल्यक्रिया सफल भएको छ,’ उनले भने, ‘सानो शल्यक्रिया हो। अप्रेसनपछि प्रधानमन्त्री ओली केही दिन अस्पताल नै बस्नुपर्ने चिकित्सकले बताएका छन् ।

के हो एपेन्डिसाइटिस?
एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था भएकाले पेट दुखेको २४ घण्टा भित्रै अप्रशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ।

हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ।

एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण, पेटमा रहेका परिजीबी हो। फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्या आउने गर्छ। यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ। यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ।

यो रोग नभइ इमर्जेन्सी अवस्था हो। ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखा पर्छन्। विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने हुन्छ।

यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ। यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन्। यसको मुख्य लक्षण भनेको नै बेस्सरी पेट दुख्नु भएकाले के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ। यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन्।

जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि एपेन्डिसाइटिस हुन सक्छ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved