समृद्ध देशको सुचांकमा नेपालले ग«यो सुधार

  • प्रकाशित मितिः मंसिर, 10, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ लिगाटम संस्थानले सोमबार जारी गरेको २०१९ को समृद्ध सुचांकमा नेपालले सुधार गर्दै १३ स्थान अघि आएको छ । समृद्ध देशको सुचाङकमा नेपाल विश्वका एक सय ६७ देशमध्ये ११५ औँ स्थानमा पुगेको हो ।

लिगाटम संस्थानले स्वास्थ्य, शिक्षा, सम्पती, आर्थिक वृद्धि, व्यक्तिगत सन्तुष्टता र जीवन स्तरको सर्वेक्षण मुल्यांकनका आधारमा लिगाटम समृद्ध सुचांक जारी गर्ने गर्छ । लिगाटमले हालसम्म विश्वभरका एक सय ६७ देशका विभिन्न १२ पक्षको मुल्यांकन गर्छ ।

लिगटमले सन् २००९ मा प्रस्तुत गरेको सुचांक अनुसार १२८ औँ स्थानमा रहेको नेपालले एक दशकको समयान्तरालमा १३ स्थानमाथि उक्लिदै समृद्ध देशको रुपमा ११५ औँ स्थानमा पुगेको हो । सुचांकको १ नम्बरमा डेनमार्क रहेको छ जुन लिगाटमको सर्वेक्षण अनुसार सबैभन्दा समृद्ध देश हो । अन्तिम १६७ औं स्थानमा दक्षिण सुडान रहेको छ ।

तर, विश्व सुचांक बढेपनि दक्षिण एसियाका २९ देशको समृद्ध अवस्थाका तुलानामा नेपाल भने २२ औँ स्थानमा रहेको छ । यसको अर्थ नेपाल दक्षिण एसियाका ६ देशभन्दा मात्रै बढी समृद्ध छ ।

एक दशकमा नेपालले सबैभन्दा उत्कृष्ट विकास सुरक्षा क्षेत्रमा गरेको लिगाटम समृद्ध सुचांकले देखाएको छ । सन् २००९ मा एक सय चार देशमध्ये ९१ स्थानमा रहेको नेपाल यो वर्ष ७८ औं स्थानमा उक्लिएको छ । जुन सुचांकको सबैभन्दा बढी स्थान अघि सरेको क्षेत्र हो ।

त्यस्तै व्यक्तिगत स्वतन्त्रताको मुल्यांकनमा पनि नेपाल ६७ स्थानमा उक्लेको छ । एक दशकअघि सन् २००९ मा एक सय ९४ देशमध्ये नेपाल ७७ स्थानमा रहेको थियो । पछिल्लो दशकमा नेपालको व्यक्तिगत स्वतन्त्रतामा पनि उल्लेख्य विकास भएको देखिन्छ ।

तर आर्थिक वृद्धि, लगानी एवं उद्यमका क्षेत्रमा भने नेपालले उल्लेख्य स्थान हासिल गरेको छैन । आर्थिक विकासका लागि पूर्वाधार विकास र लगानी एवं उद्यम फष्टाउन नसक्नु यसको मुख्य कारण सुचांकले देखाएको छ ।

त्यस्तै स्वास्थ्य अवस्थाको आधारमा नेपाल एक सय १८ र शिक्षाको विकासका आधारमा ११९ औँ स्थानमा रहेको छ । एक दशकमा नेपालको शिक्षा अवस्था ११ स्थानले बढेको सुचांकले देखाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved