अल्बानियामा शक्तिशाली भूकम्प : ४ जनाको मृत्यु, १५० घाइते

  • प्रकाशित मितिः मंसिर, 10, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ । 

मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।  अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।     

घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिए । उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । –एएफपी 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved