मन्दिरमा नक्कली नोट छाप्दै गरेका साधुसहित दुई जना पक्राउ

  • प्रकाशित मितिः मंसिर, 9, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/भारतकाे गुजरात पुलिसले आइतबार खेडा जिल्लास्थित आश्रमको निर्माणाधिन मन्दिरमा छापा मारेर जाली नाेट बरामद गरेकाे छ। प्रहरीले ७० लाख भारतीय रुपैयाँ बराबरका २ हजार दरका जाली नोटहरू बरामद गरेको हाे।

 प्रहरीले एक भिक्षुसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा राधारमण स्वामी रहेका छन्। सूरत पुलिसको अपराध शाखाले खेडा जिल्लाको मुवाडीमा आश्रममा छापा मारेको हाे।

 चार बर्षदेखि निर्माण भइरहेकाे मन्दिरमा विगत दुई महिनादेखि मानिसहरुकाे आवतजावत बढेकाे थियाे। आवतजावत बढेपछि गैरकानूनी काम भएकाे हुन सक्ने शंका लागेर प्रहरीले छापा मारेकाे जनाएकाे छ। 

प्रहरीले आश्रममा नोट छाप्ने मेसिन, कलर प्रिन्टर बरामद गरेकाे छ। यदि कसैलाई एक लाख रुपैयाँको नक्कली नोट चाहिएमा उसले ५० हजार रुपैयाँ तिर्नु पर्थ्याे।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved