टी १० लिग क्रिकेटको उपाधि मराठा अरेवियन्सको पोल्टामा

  • प्रकाशित मितिः मंसिर, 9, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / टी १० लिग क्रिकेटको उपाधि मराठा अरेवियन्सले जितेको छ । आइतबार राति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कब्जा जमाएको हो ।

डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनको सुरुआत भने बिर्सन लायक नै रह्यो । कप्तान शेन वाट्सन १ रनमा आउट भए भने मोहम्मद शहजादले १४ तथा किरोन पोलार्ड पनि ५ रन बनाएर पेभेलियन फर्किपछि डेक्कनको ब्याटिङ लाइन अप धरापमा परेको थियो ।

भानुना राजपकसाले २३ तथा आसिफ खानले २५ गरि ५३ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए । मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए ।

८८ रनको लक्ष्य पछ्याएको मराठाले सहज सुरुवात गरेको थियो । क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटका लागि ५६ रनके साझदेरी गर्दै जितको अधार तय गरेका थिए । लिन १६ रन बनाएर आउट भए । 

वाल्टनले ५१ तथा जनीबुल्लाहले १२ रन जोड्दै जित निकाले ।

चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । यस्तै, प्रतियोगिताभर सर्वाधिक ३ सय ७१ रन बनाएका क्रिस लिन प्लेयर अफ द टुर्नामेन्ट बने ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved