राजस्थानमा बस दुर्घटना, १२ जनाको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।
यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ ।
शनिबार बिहान ३ः३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ । बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो ।
उक्त दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ, । छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved