पूर्वयुवराज्ञी हिमानी शाहद्वारा रक्तदान

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेमा रक्तदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेका छन्।

तीनकुनेको सिद्धेश्वर माविमा भएको कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविरसँगै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने रक्तदान पनि गरिएको थियो।

कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, उनका छोरा हृदयन्द्र शाह, पूर्वअधिराजराजकुमारी प्रेरणा शाह तथा अभिनेत्री मनिषा कोइरालाको सहभागिता थियो।

रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाहले पनि रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा छोरा हृदयन्द्रले पनि रक्तदान दिने भने पनि उमेर नपुगेपछि उनले भने रक्तदान गर्ने पाएनन्। हिमानी र प्रेरणाले भने रक्तदान गरेका थिए।

उनीहरुले साधरण व्यक्तिहरु सँगै रक्तदान गरेका थिए। रक्तदान गरेपछि उनीहरुले जुस खाएका थिए। रक्तदानपछि उनले स्वास्थ्य शिविरको अवलोकन पनि गरेकी थिइन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved