विधार्थीले आफ्नाे रिजल्टलाइ कसरी लिने ?

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / विध्यालय हाेस् या कलेज लेभल, विध्यार्थीलाइ परिक्षा र नतिजा विशेष हुन्छ । नतिजालाइ लिएर विध्यार्थी तनाव त भएकाे हुन्छ नै, त्यसमाथी पारिवारिक र सामाजिक दवाबले गर्दा नतिजा पछि अप्रिय घटनाहरू घट्ने पनि गर्छन् । जिन्दगी भनेकै परिक्षा, नतिजा, सिकाइ, परिक्षणहरूकाे सँगालाे हाे । याे एउटा यात्रा हाे । र याे कुरालाइ विध्यार्थी, परिवार र समाज सबैले बुझ्नु जरूरी छ ।

सबैभन्दा पहिले त दिमागलाइ शान्त राख्नुहाेस् । अभिभावक र विध्यार्थी दुबैले नतिजा जस्ताे सुकै अाएता पनि त्यसलाइ स्विकार्ने मानस्थितिमा रहनुपर्छ । यसकाे लागी मेडिटेसन गर्ने, सँगीत सुन्ने, परिवारका सदस्य एकै ठाउँमा बस्ने अादि गर्न सकिन्छ ।पढाइलाइ प्नाथमिकतामा राख्नुपर्छ ।

यसले गर्दा नतिजाकाे पनि महत्व रहन्छ, तर जिवनमा करनै एउटा लेभलमा मिलेकाे नतिजा नै सर्वश्र्व हाेइन । कुनै एउटा लेभलमा राम्राे नतिजा ल्याएकाे व्यक्तिले अर्काे लेभलमा अपेक्षा गरे अनुरूपकाे नतिजा नल्याउन सक्छ र कुनै एउटा लेभलमा नराम्राे नतिजा ल्याएकाे व्यक्तिले अर्काे लेभलमा राम्राे नतिजा ल्याउन पनि सक्छ ।

नतिजा विध्यार्थीकाे लागी एउटा अवसर हाे । अाफ्ना कमजाेरी पत्ता लगाउने या अझ राम्राेसँग पढ्ने, पढ्नकाे लागी अझ प्रभावकारी तरीका पत्ता लगाउने अवसर हाे ।हामीले नतिजालाइ अरूले अाफुलाइ गर्ने मुल्याङ्कनकाे रूपमा मात्र लिन्छाैँ । तर नतिजाबाट हामीले अाफ्नाे स्वमुल्याङ्कन गर्न सक्छाैँ । हामी कुन विषयमा राम्राे रहेछाैँ, कुन विषयमा अाफ्नाे रूचि रहेछ भन्ने कुरा पत्ता लगाउन सक्छाैँ ।

जसले गर्दा हामीले अाफ्नाे अगाडिकाे करियर तय गर्न सक्छाैँ ।पढाइमा अाफुले साेचे अनुसार अाफ्नाे सन्तानले नतिजा ल्याएन भन्दैमा अभिभावक दुखी हुने या सन्तानलाइ मानशिक तनाव दिने गर्नु हुँदैन । हुनसक्छ, उ अरू कुनै अतिरीक्त क्रियाकलापमा अगाडी छ । अाफ्नाे सन्तानकाे क्षमतालाइ, उस्काे रूचिलाइ बुझ्ने प्रयास गर्नुहाेस् ।

नतिजा अाइसकेपछि अगाडिकाे करियरकाे लागी के पढ्ने या के गर्ने भन्ने कुरामा ट्रेन्ड या अरूले जे गरिरहेका छन्, त्यसकाे पछि लाग्नु हुँदैन अाफ्नाे रूचिकाे क्षेत्र बारे थप बुझ्ने, सम्बन्धित व्यक्ति या सँस्थाहरूबाट परामर्श लिने, त्यसबारे बढि भन्दा बढि जानकारी लिने प्रयास गर्ने गर्नु पर्दछ । त्यसपछी मात्र निर्णय लिने गर्नुपर्दछ ।

नतिजाले गर्दा सन्तान तनावमा देखिएकाे छ भने अभिभावकले उसँग समय बिताउने, उस्काे कुरा सुन्रे, उसलाइ बुझ्ने प्रयास गर्नुपर्छ । उसलाइ जिवनकाे परिक्षामा तिमी फेल भएकाे छैनाैँ भन्रे बुझाउने काेशिस गर्नुपर्छ । उसलाइ जस्ताेसुकै परिस्थितिमा पनि अाफु उसँग रहने अाभास दिलाउँदै उसलाइ फेरि प्रयास गर्ने या अगाडी बढ्नकाे लागी प्रेरित गर्नुपर्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved