साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ / साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर रु एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५ मूल्यमा खरीद बिक्री भए ।

बजार उतार चढावपूर्ण रहँदा कारोवार रकमसमेत प्रभावित भए । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।५९ विन्दुले घटेर एक हजार १३१.३६ विन्दुमा झ¥यो । पहिलो दिन नेप्से आरोलो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर रु ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।

दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुग्यो । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए ।

मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १.१४ विन्दुले घटेर एक हजार १२९.९९ विन्दुमा कायम भयो । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।

बुधबार पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १।६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुग्यो ।कूल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन नेप्से परिसूचक ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुग्यो । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भयो । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved