स्वयम्भूबाट सागको ओलम्पिक टर्च र्‍याली

  • प्रकाशित मितिः मंसिर, 7, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको उद्घाटनका दिन दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको र्‍याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य सहरमा पु¥याइने टर्चको ¥याली स्वयम्भू स्तुपादेखि सुरु गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका म्याराथन धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि ¥याली सुरु भएको थियो । टर्च लिएपछि ¥यालीमा सहभागी हुने ओलम्पियनले स्वयम्भूको तीनपटक परिक्रमा गरेपछि स्वयम्भू हाताबाट ¥यालीका लागि प्रस्थान गरेका थिए ।

ओलम्पियनसँगै सदस्य–सचिव सिलवालले पनि स्वयम्भूको परिक्रमा गरेका थिए । टर्च हस्तान्तरण गर्नुअघि विभिन्न खेलका राष्ट्रिय खेलाडीसहित ¥यालीमा उपस्थितले स्वयम्भूको ३ मिनेट प्रार्थना गरेका थिए । ¥याली शुभारम्भ कार्यक्रममा सदस्य–सचिव सिलवालको ‘१३औं सफल पारौं’, जित्छौं, हामी जित्छौं’ र ‘नेपालको जय होस्’ भन्ने नारामा उपस्थित सबैले साथ दिएका थिए ।

¥याली व्यवस्थापनको जिम्मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ । ¥यालीमा खेलाडी संघका अध्यक्षसमेत रहेका ¥याली संयोजक दीपक श्रेष्ठबाहेक विभिन्न खेलका १२ ओलम्पियन सहभागी छन् । त्यसमा एथलेटिक्सबाट सर्वाधिक ७ ओलम्पियन छन् । ¥यालीमा सहभागी हुने ओलम्पियनमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु तथा मुकुन्दहरि श्रेष्ठ छन् ।

पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिनेछ ।

आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौं ल्याइनेछ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा टर्चबाट दीप प्रज्ज्वलन गरिने कार्यक्रम छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved