इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

  • प्रकाशित मितिः मंसिर, 6, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं : शिक्षा विकास निर्देशनालय प्रदेश नम्बर ५ बुटवल रुपन्देहीका सव–इन्जिनियर सन्दिप पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल र जेसीभी चालक विक्रम बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

अख्तियारले  पौडेल र रकम लिन मतियारको रुपमा प्रयोग गरेका  चालक  बस्नेतले सेवाग्राहीबाट १ लाख  २० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा  लिएको थियो। 

अनुसन्धानको सिलसिलामा सव–इन्जिनियर  पौडलले श्री प्रभाकर माविको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्तावापतको रकम निकासा गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ। 

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम  सजायको मागदाबी लिई  विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।  



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved