१ कराेड २६ लाख राजस्व छल्ने इम्पोर्ट एण्ड एक्सपोर्टका प्रोपाइटर विरूद्द मुद्दा दर्ता

  • प्रकाशित मितिः मंसिर, 6, 2076
  • पहिलो किताब संवाददाता

काठमाडाैं / राजस्व अनुसन्धान विभागले  एक करोड छब्बिस लाख तेइस हजार अठ साय पाँच  रुपैयाँ राजस्व छलि गरेको भन्दै देवी इम्पोर्ट एण्ड एक्सपोर्टका प्रोपाइटर विरुद्ध मुद्धा चलाएको छ ।  

सप्तरी जिल्ला घर भइ हाल काठमाण्डौ महानगरपालिका ८ वस्ने देवी इम्पोर्ट एण्ड एक्सपोर्ट(स्थायी लेखा नं606167471)का प्रोपाइटर वर्षीका देवी भगतले कपडा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको हो ।

देवी इम्पोर्ट एण्ड एक्सपोर्टले भारतबाट कपडा र कपडाजन्य मालवस्तु भन्सार चोरी पैठारी (मौज्दात न्यून तथा वढी समेत) गरी राजस्व चुहावट गरेको अभियोगमा भन्सार तर्फ रु. 23,08,363।-, मुल्य अभिबृद्धिकर तर्फ रु. 28,01,483।- र आयकर तर्फ रु. 75,13,959।- समेत गरि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम विगो जम्मा रकम रु. 1,26,23,805।- (एक करोड छब्बिस लाख तेइस हजार अठ साय पाँच) राजस्व चुहावट गरेको  विभागले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved