कर्मचारीलाई धोका दिएर विमानभित्रै बनाइयो पोर्न फिल्म

  • प्रकाशित मितिः मंसिर, 1, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  / केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए । घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको हो ।

मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको सुटिङमाथि विभिन्न प्रश्न उठेका छन् । द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो ।

Photo: thesun.co.uk

संग्रहालयका कर्मचारीले आफूहरुलाई धोका दिएर वयस्क फिल्मको सुटिङ गरिएको बताए । सुटिङका लागि उनीहरुले पाइलट र एयरहोस्टेसको पहिरन पनि लगाएका थिए । संग्रहालयका कर्मचारीका अनुसार उनीहरु Vickers Viscount विमानमा स्विमवेयर शुट गर्ने तयारीमा थिए ।

Photo: thesun.co.uk

संग्रहालयका कर्मचारीका अनुसार यदि उनीहरुलाई घटनाबारे पहिले नै जानकारी भएको भए आफूहरुले त्यतिबेलै सुटिङ रोक्ने थिए । जुन विमानमा सुटिङ गरिएको थियो त्यसलाई सन् १९५० को दशकमा चार्टर होलिडेका लागि प्रयोग गरिएको थियो ।

संग्रहालयका म्यानेजर डिआने जेम्सले धेरै मानिसहरु युनिफर्ममा आउने र विमानभित्र अभिनय गर्ने गर्छन् त्यसकारण पाइलट र एयरहोस्टेसको भेषमा मानिसहरु आउँदा शंका नलागेको बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved