च्याम्पियन्स लिग : युभेन्टसद्वारा मोस्को पराजित

  • प्रकाशित मितिः कार्तिक, 6, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ युरोपियन च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले रसियन क्लब लोकोमोटिभ मोस्कोले पराजित गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको समूह चरणको तेस्रो खेलमा युभेन्टसले पछि परेको अवस्था उल्टाएर २–१ को कमब्याक जित दर्ता गरेको हो ।

घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । उनले खेलको अन्तिमतिर २ मिनेटमा २ गोल गरेपछि घरेलु टोली जोगिएको थियो ।

आफ्नो घरमा युभेन्टस खेलको ३०औं मिनेटमा गोल खाएर पछि परेको थियो । सो गोल एलेकेसाई मिरानचुकले गरेका थिए । सो गोलपछि युभेन्टसले खेलमा फर्किन ठूलै संघर्ष गर्नु परेको थियो ।

घरेलु मैदानमा हारतर्फ अघि बढेका बेला युभेन्टसका लागि डिबालाले खेलको ७७औं मिनेटमा पहिलो गोल गरेर खेल १–१ बनाए । फेरि त्यसको २ मिनेटमै उनैले दोस्रो गोल गरेपछि खेल युभेन्टसले २–१ ले जित्यो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved