आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • प्रकाशित मितिः कार्तिक, 3, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई अनुसन्धानका लागि थप पाँच दिनको म्याद थप गरिएको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सात दिनको थप म्याद मागेको भए पनि न्यायाधीश चाणकमणि अर्यालको इजलासले पाँच दिनको म्याद थप गरेको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको बेला घरमा बम बनाइरहेका बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले गएको असोज २६ गते पक्राउ गरेको हो ।

आलम रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनको सांसद पद हाल निलम्बनको अवस्थामा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved