विज्ञहरुको अभावका कारण प्रदेशसभाले अत्यावश्यक कानून र विधेयक बनाउन सकिएन : मुख्यमन्त्री राई

  • प्रकाशित मितिः कार्तिक, 2, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर  / प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले विज्ञहरुको अभावका कारण प्रदेशसभाले अत्यावश्यक कानून र विधेयक बनाउन नसकिएको बताउनुभएको छ । धनकुटामा आज आयोजित कार्यक्रममा बोल्दै मुख्य मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो–‘विज्ञ जनशक्तिको अभावले अनभिज्ञता र हतारमा बनाइएका अष्पस्ट र द्विअर्थी कानूनका कारण तीन तहका सरकारबीच पनि प्रभावकारी सहकार्य र समन्वय हुन सकेको छैन ।’ उहाँले कानूनका धेरै कुराको ड्राफ्टसमेत तयार गर्न नसकेको बताउनुभएको छ । हालसम्म एकनम्बर प्रदेश सभाले ४३ कानून निर्माण गरी पारित गरिसकेको छ ।

प्रदेश नम्बर एकको न्याय प्रशासन तथा विधायन समितिले कानून निर्माण र कार्यान्वयनका सम्बन्धमा धनकुटामा आयोजित छलफल कार्यक्रममा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी र मोरङ जिल्लाका स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved