महरालाई सिसियूमा सारियो

  • प्रकाशित मितिः कार्तिक, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडाैं / संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएकाे छ।

 

पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको हो। शुक्रबार उनकाे रक्त्तचापसमेत बढेकाे छ।

 

'उहाँको एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएकाे पाइयो,' महराको उपचारमा संलग्न एक चिकित्सकले भने।

 

उनका अनुसार महरालाई साविकको भन्दा औषधीसमेत थप गरिएको छ।

 

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा पक्राउ गरिएको थियो। उनी २३ असोजदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved