यी महिलाको आँखाबाट आँशुको ठाउँमा हरेक दिन ५० ‘क्रिस्टल’ निक्लिन्छ ! (भिडियो)

  • प्रकाशित मितिः आश्विन, 7, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / सोभियन संघ(रुस)बाट अलग भएपछि बनेको देश आर्मेनियाको स्पेन्डरियनकी स्थानीय वासिन्दा २२ वर्षीया स्याटेनिक काजर्यान नामक महिलाको आँखाबाट आँशुको ठाउँमा हरेक दिन ५० वटा क्रिस्टल(एक पारदर्शी ठोस वस्तु) निक्लन्छ ।  

स्याटेनिकको यो समस्यालाई लिएर चिकित्सक पनि चकित परेका छन् । यद्यपि, उनीहरुले कस्तो समस्याका कारण आँखाबाट क्रिस्टल निक्लिरिहेको छ भनी जाँच तथा परिक्षण जारी राखेका छन् । उनको आँखामा क्रिस्टल कसरी बन्छ भन्ने कुराको पनि जाँच चलिरहेको छ । 

आँखामा यस्तो समस्या आएपछि जिन्दगी नर्क जस्तै बनेको एक सन्तानकी आमा पनि रहेकी स्याटेनिक बताउँछन् । एक किसान परिवारकी स्याटेनिकसँग यस्तो दुर्लभ रोगको उपचारका लागि पर्याप्त पैसा नभएको बताउँछिन् ।  केही समयअघि दाँतको चिकित्सक कहा गएको बेला उनले आँखामा धुलोले बिझाएको जस्तो अनुभव गरेकी थिइन् । 

पछि हेर्दा आँखा धुलो नभएर क्रिस्टल जस्तो चीच रहेको बताइन् ।  उनी तुरुन्तै नेत्र विशेषज्ञ कहाँ पुगिन् । सुरुमा उनलाई औषधीबाट केही राहत मिल्इो, तर आँखाबाट उक्त ठोस पदार्थ निक्लने क्रम झनै बढ्दै गएको छ । चिकित्सकले उनको आँखाको समस्या ठ्याक्कै यही भनेर पत्ता लगाउन नसक्दा उपचारमा ढिलाई भइरहेको स्याटेनिक बताउँछिन् ।  अन्यत्र देशमा उपचारका लागि लानका लागि पयाप्त खर्च नभएको उनको परिवारको दुखेसो छ ।  

आर्मेनियाका उप–स्वास्थ्यमन्त्री ओग्यान्स अरुत्युयानका अनुसार, यो अनौठो मामिलाको अध्ययन भइरहेको छ । स्याटेनिकमा के समस्या आएको भनी जाँच चलिरहेको उनले बताएका छन् ।  यो मामिला निक्कै असाधारण भएकाले यसको प्याथोलोजी जाँच हुन कठिन रहेको रसियाली नेत्र विशेषज्ञ तात्याना शिलोभा बताउँछन् । आँशुमा प्रोटिन, बोसो र केही सुक्ष्म तत्व हुन्छ । यदि यसमा नुनको मात्रा बढी भयो भने क्रिस्टल आँखाको साथै मृगौला, कलेजो जस्ता अंगमा पनि हुनसक्ने उनी बताउँछन् । 

यस्तो हुनु आनुवांशिक रोगको कारण पनि हुने चिकित्सक शिलोभा बताउँछन् ।  केही वर्षअघि ब्राजिलकी ३५ वर्षीया लारा पोसलाई पनि यही समस्या भएको थियो । लारा २० वर्षदेखि यही समस्याबाट ग्रसित छिन् । उनको आँखाबाट पनि सेतो आँशु नै निक्लिन्छ, तर हावाको सम्पर्कमा आएपछि ठोस भएर क्रिस्टलमा परिवर्तन हुन्छ । उनको यो समस्याबाट चिकित्सक पनि हैरान छन् । द सनबाट 





पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved