नादेझ्दा कप : ताजकिस्तानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

  • प्रकाशित मितिः भदौ, 24, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ ताजकिस्तानलाई पराजित गर्दै नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

खेलको ८६औं मिनेटमा सावित्राले निर्णायक गोल गर्दै नेपालको फाइनलको यात्रा सम्भव बनाइन् । खेलको मध्यभागबाट आएको फ्रिकिक बलमा पेनाल्टी एसियाबाट सावित्राले हेडिङ गोल गरेकी हुन्।

अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ। लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ।

चार देश सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

नादेझ्दा कपमा नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान खेलिरहेका छन्।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved