झापामा प्रहरी हिरासतबाट दुई भारतीय थुनुवा फरार, छानबिन समिति गठन

  • प्रकाशित मितिः श्रावण, 28, 2076
  • पहिलो किताब संवाददाता

झापा / इलाका प्रहरी कार्यालय धुलाबारी झापाको हिरासतबाट २ थुनुवा फरार भएका छन्। अभद्र व्यवहारमा पक्राउ परेका भारतीय नागरिक दार्जिलिङ अल्छिया बजारका २६ वर्षीय गणेश कामती र सोही ठाउँका २९ वर्षीय कृष्ण मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनीहरु आइतबार राति थुनाको ताला फोडेर भागेका हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। त्यसबेला ड्युटीमा रहेका एक प्रहरी जवानलाई निलम्बन गरेर अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved