काठमाडौं/ इदउलफित्र पछिको मुस्लिम धर्मावलम्बीहरुको ठुलो चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ । यो चाड रमजानको ७० औं दिनमा मनाइने गरिन्छ । यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।
बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता समेत रहेको छ । मुस्लिम समुदायहरु बकर इद मनाउन बिहानैदेखि मस्जिदमा भेला हुन्छन्।
यसैबीच मुस्लिम समुदायले इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संघ सरकारले भने विदा घोषणा गरेन।
एजेन्सी/ स्पेनिस बार्सिलोनाका युवा स्टार अन्सु फ... ... ...
काठमाण्डौ/ एक हजार भन्दा बढी शाखा अधिकृतका लागि लो... ... ...
सप्तरी/जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटन... ... ...
भोजपुर/ अज्ञात समूहले दुई वडा कार्यालयमा आगजन... ... ...
सुर्खेत/ प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगर... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved