एजेन्सी / अमेरिकाको वासिङ्टन डिसीमा अत्यधिक बर्षाका कारण डुवान भएको छ । वासिङ्टन डिसी र यस आसपासमा सोमबार आएको अत्यधिक बर्षाका कारण डुवान हुनुका साथै विद्युत र यातायात सेवा अवरुद्ध भएको हो ।
राष्ट्रिय मौसम सेवा कार्यालयले उक्त क्षेत्रमा बाढी आउने चेतावनी समयमै दिएकाले बाढीको कारण मानवीय क्षति भने भएको छैन । बाढीबाट सडक तथा घरहरु डुबेका छन् ।
अमेरिकाको राजधानीमा रहेको रोनाल्ड रेगन विमानस्थलमा ३।३ इन्चसम्म पानी भरिएकाले विमान सेवा पनि प्रभावित भएको थियो । रेल सेवा पनि प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।
अचानक आएको बर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस समेत पानीबाट प्रभावित भएको थियो । त्यसैगरी महत्वपुर्ण दस्तावेजहरु रहेको कार्यालय पनि बाढीमा परेको जनाइएको छ ।
सुरक्षाकर्मी र उद्धारकर्ताहरूले बाढीमा परेकालाई उद्धारको प्रयास गरिरहेका छन् । कतिपय प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् । –एएफपी
काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्... ... ...
भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजब... ... ...
ठिनी / चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा प... ... ...
एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोध... ... ...
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved