डुबानमा वासिङ्गटन डिसी, ह्वाइट हाउसमा भेल पस्यो

  • प्रकाशित मितिः असार, 24, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ अमेरिकाको राजधानी वासिङ्गटन डिसी भारी वर्षापछिको बाढीले डुबानमा परेको छ । हिजो राति आएको बाढीका कारण वासिङ्गटन डिसीको ह्वाइट हाउससँगै विभिन्न क्षेत्रमा समेत असर परको हो । ह्वाइट हाउसमा रहेका ऐतिहासिक अभिलेख, दस्तावेज, घोषणापत्र, संविधान जस्ता महत्वपूर्ण दस्तावेजहरू सुरक्षित भएको अधिकारीले बताए।

ह्वाइट हाउसको वेस्ट विङ्गको बेसमेन्टमा भेल पसेको जनाएको छ।

यस्तै, सहरका विभिन्न क्षेत्रमा बाढी पस्दा सडक अवरूद्ध भएसँगै कतिपय यात्रुहरू त्यहीँ अड्किएका थिए।सडक अवरूद्ध भएपछि तिनीहरू सवारी छाडेर जान बाध्य भए र कतिपयलाई उद्धार समेत गर्न परेको एजेन्सीले जनाएको छ।राजधानीमा पानीको सतह ६र७ फिटमाथि आएको एजेन्सीले बताएको छ। त्यस्तै, अण्डरपासमा भने २०० मिटरसम्म पानी आएको बताइएको छ।
भूमिगत रेलमार्गहरू पनि डुबानको स्थिति सृजना भएको थियो।सहरमा अचानक बाढी पसेपछि नेसनल वेदेर सर्भिसले ठूलो बाढी आउन सक्ने अनुमान गरिएको छ । बाढी पसेको क्षेत्रमा सर्वसाधारणहरूलाई आवतजावत नगर्न समेत आग्रह गरिएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved