बर्दिया / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को वडा कार्यालयमा आगजनी गरेका छन् । गएराति विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगो लगाउँदा कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङ्गले जानकारी दिँदै भने, “आगो निभाउने क्रममा छानो खसेर घाइते हुनुभएका मल्लको नेपालगञ्जमा उपचार भइरहेको छ।”
प्रजिअ करुम्बाङ्गका अनुसार लेखाफाँटमा रहेका काजगातहरु जलेर ध्वस्त भएका छन् भने घटनास्थलमा विप्लव समूहको भेरी कर्णाली ब्युरोको पर्चा समेत भेटिएको छ ।
घटनामा संलग्नहरुको खोजीकार्य व्यापक रुपमा भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सा... ... ...
काठमाण्डौँ / मंगलबार (२४ मंसिर) साँझ भव्यताका साथ... ... ...
काठमाण्डौँ / प्रचण्ड जुन घरमा बस्छन् त्यही घर ध्... ... ...
एजेन्सी/ स्पेनिस बार्सिलोनाका युवा स्टार अन्सु फ... ... ...
काठमाण्डौ/ एक हजार भन्दा बढी शाखा अधिकृतका लागि लो... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved