काठमाण्डौ / सोमबार कोरियन वनको मूल्य केही पैसाले घटेको छ भने कुवेती दिनारको मूल्य थोरैले बढेको छ । अरु धेरै देशको मुद्राको मूल्यमा भने घटबढ भएको छैन । नेपाल राष्ट्र बैंकले सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा तोकेको छ । आइतबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो ।
कुवेती दिनारको मूल्य भने केही पैसाले बढेको छ । कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ४२ पैसा पुगेको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो । यस्तै सोमबार अमेरिकी डलर १ को खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ । बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ ।
काठमाडौँ । नेताहरुको कार्यव्यस्तताका कारण सत्... ... ...
भक्तपुर / काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजब... ... ...
ठिनी / चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा प... ... ...
एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोध... ... ...
काठमाडौं / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved