प्रेमीको अचानक मृत्युपछि संजय दत्तकी छोरीको भावुक स्ट्याटस

  • प्रकाशित मितिः असार, 20, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / संजय दत्तकी छोरी त्रिशाला दत्तका प्रेमीको मंगलबार अचानक मृत्यु भएको छ । इटालियन प्रेमीको मृत्युबारे त्रिशाला आफैंले आफ्नो इन्स्टाग्राममा जानकारी दिएकी हुन् ।उनले निकै दुःखी भएर सोसल मिडियामा प्रेमीसँगको फोटो पोष्ट गर्दै स्टेटस लेखेकी छिन् । उनले सामाजिक सञ्जाल सन्स्टाग्राममा लेखेकी छिन्, ‘म भित्रैदेखि टुटेकी छु । मलाई प्रेम र केयर गरेकोमा तिमीलाई धन्यवाद ।

तिमीले मलाई जीवनमा यति धेरै खुसी दियौ जुन म कहिले पनि भइनँ । तिमीलाई भेटेर म संसारको सबैभन्दा भाग्यमानी युवती बनेँ र तिम्रो बन्न पाउँदा म धन्य भएँ । तिमी मभित्र सधैं जिउँदो रहनेछौ । म तिमीलाई प्रेम गर्छु र अर्कोपटक भेट नहुञ्नजेलसम्म तिमीलाई मिस गरिरहनेछु ।’सन् १९८६ अक्टोबर ७ मा जन्मेका उनको प्रेमीको कसरी मृत्यु भयो त्यो भनेबारे त्रिशालाले खुलाएकी छैनन्।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved