अमेरिकाको मेडफोर्ड तालमा पौडी खेल्दा डुबेर एक नेपाली युवकको मृत्यु

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / तालमा डुबेर अमेरिकामा एक नेपाली युवकको ज्यान गएको छ । अमेरिकाको म्यासच्युसेट्स राज्य, मेडफोर्डस्थित अपर मिस्टिक तालमा डुबेर अपूर्व देवकोटाको ज्यान गएको हो । १७ वर्षीय देवकोटा दुई साथीसँग सोमबार साँझ करिब ८ बजे उक्त तालमा पुगेका थिए । सन् २०१६ मा अमेरिका आएका देवकोटाको शव झन्डै दुई घन्टा प्रहरीको अथक प्रयासपछि निकालिएको थियो। उनका निकटस्थका अनुसार उनी पौडी खेल्न जान्दैनथे।

यसअघि टेक्ससको फ्लुगरभिल तालमा कायाक चलाउँदा डुबेर २३ वर्षीया पूजा थापाको मृत्यु भएको थियो। एक्कासी आएको आँधीमा उनी कायाकसहित बेपत्ता भएकी थिइन्। साँझैमा प्रहरीले खोज्न थाले पनि मौसम प्रतिकूल भएकाले रोकेको थियो। सन् १९९६ जनवरी २४ मा जन्मेकी थापा अमेरिका आएको केही हप्ता मात्र बितेको थियो। उनको शव जून १२ मा मात्र फेला परेको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved