आइफा अवार्डका लागि ४४ करोड सहयोग गर्ने सरकारको निर्णयप्रति नेकपामै विरोध

  • प्रकाशित मितिः असार, 14, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि ४४ करोड रुपैयाँ सहयोग गर्ने सरकारको निर्णयको चर्को विरोध भएको छ।
 
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कार्यक्रमको २० श्रृंखलाका लागि ४४ करोड रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको नेकपाभित्रै चर्को विराध भएको छ। 

 

नेकपाका नेता भीम रावलले शनिबार बिहान  सामाजिक संजालमार्फत उक्त कार्यक्रमका लागि सरकारले ४४ करोड रुपैयाँ दिने निर्णय गरेको सुन्दा आश्चर्य चकित भएको बताएका छन्। उनले यस्ता कामहरु सरकारले कसको उक्साहट वा स्वार्थमा किन गर्छ होला भनेर समेत प्रश्न गरेका छन्। 

‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ। यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला । नेकपाको स्थानी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि ?’ रावलले ट्विटरमा लेखका छन् । 

त्यसैगरी सामाजिक संजालमा अधिकांशले उक्त अवार्डका लागि नेपाल सरकारले १ अर्ब खर्च गर्नु गलत भएको भन्दै विरोध जनाएका छन्। 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved