भारतीय उत्पादनमा नेपालले लगायो प्रतिवन्ध – भारतीय संचारमाध्यम

  • प्रकाशित मितिः असार, 11, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / व्यापार घाटा कम गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले पछिल्लो समयमा तेस्रो मुलुकवाट आउने तरकारी तथा फलफुलको आयातमा गरेको कडाईलाई लिएर भारतीय संचारमाध्यमले गलत ढंगले प्रचार गरीरहेको पाईएको छ । नेपाल सरकारले तेस्रो मुलुकवाट आउने तरकारी तथा फलफूल आयातमा कडाई लगाएको विषयलाई भारतीय संचारमाध्यमले भारतीय उत्पादनमाथि नेपालले प्रतिवन्ध लगाएको भनेर प्राथमिकताका साथ समाचार प्रकाशन र प्रसारण गर्न थालेपछि यो विषयले नेपाल–भारत सम्बन्धमा नै असर पार्ने सम्भावना वढेर गएको छ ।

नेपालले तेस्रो मुलुकवाट आयात हुँदै आएका तरकारी तथा फलफूलमाथि आयातमा कडाई गरेसँगै भारतीय सिमा नाकामा रोकिएका दर्जनौं मालवहाक ढुवानीका साधनको तश्विर सहितको समाचारलाई प्राथमिकताका साथ प्रकाशन र प्रशारण गरेपछि नेपाल सरकारको पछिल्लो निर्णयले दुई देश विच तनाव वढाउने अवस्था आएको हो ।

भारतीय संचारमाध्यमले भारतीय उत्पादनमा नेपाल सरकारले नाकाबन्दी नै लगाएको ढंगले व्याख्या गर्दै सिमा प्रवेशमा रोक लगाउँदा सयौं मालवाहक ढुवानीका साधन सिमामा अलपत्र परेको अनि करोडौं रुपैंयाका तरकारी र फलफुल नष्ट भएको प्रचार गरीरहेका छन् ।

भारतीय संचारमाध्यम आजतक , जी न्युज , दैनिक भाष्कर , हिन्दुस्तान टाईम्स र जागरण सहितका देशभरका छापा , टेलीभिजन र अनलाईनले यो विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन तथा प्रशारण गरेपछि सामाजिक संजालमा समेत नेपालको कम्युनिष्ट सरकारले भाजपा सरकार माथि दवाव वढाएको भन्दै सर्वसाधारणले भारतीय सरकारको आलोचना गरीरहेका छन् ।

गत असार २ गते भन्सार विभागले परिपत्र गरेर निर्वाध रुपमा नेपाल भित्रिएका तरकारी तथा फलफूलमाथि रोक लगाउन निर्देशन दिएको थियो । विभागले क्वारेन्टाईन जाँचको प्रमाणपत्र नभएका तरकारी तथा फलफूल आयातमा पुरै रोक लगाउन निर्देशन दिएपछि सरकारी निकायले सिमामा कडाई थालेका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved