मेयर सा’ब
धन्न यहाँको उदय भयो
इटरी तिरबाट
धन्न
महापुरुषहरूको यो जगतमा कमी थियो
यहाँले त्यसको कोटा पुरा गरिदिनु भयो
माला र अबिर लगाएर यहाँको
स्वागत गर्दै विजय जुलुस निकाल्नु पर्ने
हामी पनि चुके छौं ।
यहाँ जस्तो महापुरुषको जन्म
यो धर्तीमा हुनु सामान्य कुरै हैन
युगौँ युगपछि हुन्छ
यस्ता महापुरुषको जन्म
इटरीको भूमिमा
‘र….डी’हरूले गर्दा चल्ने
कस्मेटिक पसल, होटल
कन्डम र पिल्स, गर्भपतन केन्द्र, घरभाडा !
ओहो अब यिनका कुरा गरेर होला
तर
मेयर साब
एउटा कुरा यहाँलाइ
भोट पनि
त्यहीका ‘र….डी’हरूले पनि हालेका छन् ।
त्यस्तो महापुरुषलाई
ती भोटहरूले अपबित्र तुल्याउने
भयो
लौन अब यहाँले पाएका भोटहरू
गन्नु पर्यो अनि
त्यहाँबाट सारा ‘र….डी’हरूको भोट फिर्ता गर्नुपर्यो
भोट हाल्दा कण्डम बिना नै हालेका छन् ‘र…डी’हरूले
यहाँलाइ फेरि एचआईभी लाग्ला नि !
मेयर सा’ब
एचआइइभी एड्स भन्ने त सुन्नु भएकै होला नी
कि सुन्नु भएको छैन ?
एक पटक डाक्टरलाई सोध्नुस त
के हो भनेर
के गर्छ भनेर ?
अब आनाकानी मनोमानी हैन मेयर सा’ब
उपचार गर्ने समय आयो
यो उपचार सामान्य छँदैं छैन
अलि महंगो अनि
उपचार नै सम्भव छैन
लागेपछि लागि हाल्यो
त्यसैले
ती सारा ‘र…डी’हरूले कण्डम बिनै
हालेका भोटहरू तुरुन्तै फिर्ता गरेर
आफ्नो ज्यान जोगाउनुस् मेयर सा’ब ।
यहाँ जस्तो
महापुरुष कयौ युगपछि जन्मिन्छन्
त्यसै ती ‘र…डी’हरूको भोटले
एड्स भएर सकिने कुरा हुँदैन
हुन त तपाइलाइ के फरक पार्छ र
हैन र ?
भन्दा पो ‘र…डी’ त
एड्स नै लागे पनि
‘र…डी’ को भोट त
गंगाजल भन्दा पनि पबित्र पो हुन्छ त
कि कसो मेयर सा’ब ??
(साभार- महिला खबर)
काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं सा... ... ...
काठमाण्डौँ / मंगलबार (२४ मंसिर) साँझ भव्यताका साथ... ... ...
काठमाण्डौँ / प्रचण्ड जुन घरमा बस्छन् त्यही घर ध्... ... ...
एजेन्सी/ स्पेनिस बार्सिलोनाका युवा स्टार अन्सु फ... ... ...
काठमाण्डौ/ एक हजार भन्दा बढी शाखा अधिकृतका लागि लो... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved