अलैँची बिक्रीबाट लमजुङमा पाँच करोड बढी आम्दानी

  • प्रकाशित मितिः असार, 9, 2076
  • पहिलो किताब संवाददाता

लमजुङ / लमजुङमा यस वर्ष अलैँची बिक्रीबाट ५ करोड बढी आम्दानी भएको छ । यसवर्ष ७ सय ५० क्विन्टल अलैँची बिक्रीबाट ५ करोड २५ लाख रुपैयाँ आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार यसवर्ष किसानले प्रतिकेजी ६ सय रुपैयाँदेखी ७ सय ५० रुपैयाँसम्म अलैँची बेचेका थिए ।

तामाङका अनुसार गएको वर्ष ६ सय २१ क्विन्टल अलैँची उत्पादन भएको थियो । गएको वर्ष अलैँची बिक्रीबाट ४ करोड हाराहारीमा आम्दानी भएको थियो ।गएको वर्ष किसानले प्रतिकेजी ६ सयदेखी ६ सय ५० रुपैयाँसम्ममा अलैँची बिक्री गरेका थिए । गएको वर्षको तुलनामा यसवर्ष जिल्लामा अलैँची उत्पादन पनि तुलनात्मक रुपमा बढेको भन्दै उनले गएको वर्षको तुलनामा यसवर्ष किसानले अलैँचीको मूल्य पनि राम्रो पाएका बताए ।

शाखाका अनुसार गएको केही वर्षहरुबाट अलैँचीले उच्च मूल्य पाउँदा यसको खेतीमा कृषकको आकर्षण बढेको भए पनि पछिल्लो समय फेरी अलैँचीको मूल्य तुलनात्मक रुपमा घट्दै जाँदा कतिपयले खेती गर्न छाडेका छन् । लमजुङमा अहिले झण्डै २० हजार किसानले अलैँची खेती गरेका छन् । लमजुङको ८ वटै स्थानीय तहमा गरी झण्डै १२ सय हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved