इन्धनको अभाव हुने संकेत : अब १८ सय ट्याङ्करले ढुवानी गर्न नपाउने

  • प्रकाशित मितिः असार, 9, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / इन्धन ढुवानीमा प्रयोग हुँदै आएका ट्याङ्कर अनिवार्यरुपमा मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनु पर्ने नयाँ सरकारी नितिका कारण भ्याटमा दर्ता नभएका ट्याङ्करलाई इन्धन ढुवानी गर्न नेपाल आयल निगमले नदिने भएपछि बजारमा इन्धन संकट हुने भएको हो । निगमले दिएको समय सिमा मध्ये आज सम्म १ सय वटा ट्याङ्कर मात्रै भ्याटमा दर्ता भएकाले ढुवानीमा समस्या आउने भएको हो ।

सरकारी निर्णय बमोजिम नै निगमले भ्याटमा दर्ता भएका ट्याङ्करलाई मात्रै प्रडक्ट डेलिभरी अर्डर ९पीडीओ० जारी गर्ने तयारी थालेपछि बजारमा केहि दिन पछि सुरु हुने इन्धन संकटबाट जोगिन इन्धन संचित गरेर राख्ने क्रम सुरु भएको बताईएको छ ।

आज सम्म भ्याटमा १ हजार ८ सय पेट्रोलियम ट्याङकर दर्ता भएका छैनन् । निगमले इन्धन ढुवानीमा प्रयोग गर्दै आएका १ हजार ९ सय ट्याङ्कर मध्ये १ सय ट्याङ्कर मात्रै भ्याटमा दर्ता भएका छन् । निगमले पनि सरकारी निति बमोजिम नै भ्याटमा आवद्द भएकालाई मात्रै प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) दिने गरी तयारी थालेको छ ।निगमले दैनिक १ हजार ९ सय ओटा ट्याङ्कर प्रयोग गरी इन्धन ढुवानी गर्दै आएको छ । यति साधनले पनि ढुवानीमा समस्या हुने गरेको निगम अधिकारी र व्यवसायीको भनाई छ ।

निगमले असार १२ गतेसम्म सबै ट्याङ्कर व्यवसायीलाई भ्याटमा जान अनुरोध गर्दै आएको छ । तर अब ४ दिनमात्रै बाँकी रहँदा अन्य १ हजार ८ सय ट्याङ्कर भ्याटमा दर्ता हुन असम्भव भएको निगमकै अधिकारीको भनाई छ । इन्धन ढुवानीमा संलग्न व्यवासायिले भने भ्याट नतिर्ने नियत सहित भ्याटमा नगएकाले समस्या आउने अवस्था सृजना भएको हो ।

तर उता निगमका प्रवन्ध निर्देशक सुरेन्द्र पौडेलले भने सरकारले ल्याएको भ्याटलाई कुनैपनि हालतमा लागु गरेरै छाड्ने बताएका छन् ।उनले भने – ‘हामी असार १२ गतेदेखि प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) कार्यान्वयनमा ल्याएरै छाड्छौं , बाँकी रहेको ४ दिनमा भ्याटमा आबद्ध हुनेलाई पनि हामी समेट्छौं ’

पौडेलले इन्धन ढुवानी व्यवसायीको सबै माग निगमले पुरा गरेकाले भ्याटमा भने व्यवासायीसँग निगमले कुनै ‘कम्प्रमाइज’ नगर्ने बताएका छन् । उता, ढुवानी व्यवसायी भने तत्काल भ्याटमा जान व्यवसायीहरुले नसक्ने बताएका छन्। भ्याट सरकारले जबरजस्ती लागु गर्न खोजे ट्याङ्करको चाबी सरकारलाई नै बुझाउने उनीहरुले चेतावनी समेत दिएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved