लोथापोथासँगै धान रोप्न सुरु गरे राजबंशीले

  • प्रकाशित मितिः असार, 8, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / विरना झुटी (काँशको झ्याङ्ग) लाई देवताको रुपमा सामुहिक पुजा गर्दै राजबंशी समुदायले लोथापोथा पर्वमार्फत सिरुवा पर्वसम्मका लागि खाद्यन्नको जोहो सुरु गरेका छन् । असार महिनाको पहिलो बिहीबार विरना झुटीको पुजासँगै राजबंशी समुदायले चैत महिनाको अन्तिम बिहीबार मनाईने कादो सिरुवासम्मको (हिलो खेल्ने) पर्वलाई निम्त्याएका हुन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका राजबंशी (कोच) समुदायको लोथापोथा असारबाट सुरु हुने कामसँग समेत जोडेर सुरु गरिन्छ । रोपाँई सुरु गर्नु अगावै आफ्नो शरीरमा कुनै दुखाई नहोस् भनेर बिरना झुटी पुजिएपछि हिलो पखाल्ने काम भने चैतमा हुने गरेको छ । असारदेखि चैतसम्मको अवधीमा लगाईने बालि सप्रिनसके मात्रै स्वास्थ्य र सुखी रहन सकिने मान्यतासहित विरना झुटी पुजेर सुरु भएको लोथापोथा पर्वले सबैलाई सुखी राख्ने मान्यता रहेको अगुवा भीमराज राजबंशी बताउनुहुन्छ ।

लोथापोथाको परम्परागत मान्यता पनि फरक नै छ । दुईजना छोरीमध्ये दुखली र सुखलीलाई माइती आउँदा आमा र भाईले गर्ने व्यवहारसँग समेत गाँसिएको छ । दुखलीलाई माइतीले चिन्न नसक्नुकापछि उसँग आफ्नो जमिन नहुनु र आवश्यक पर्ने खाद्यन्न अभावसँग जोडिएको छ । त्यो अभाव हटाउन बिरना झुटी देवताको रुपमा प्राणप्रतिष्ठा गरेर अठिया केरा, आँच, लिची र डोहा (बडर) भने फललाई चढाइन्छ । मौसमी फल आँप र लिची पाक्ने समय भएको संकेत दिइन्छ भने अठिया केरा र डोहालाई विशेष प्रसादको रुपमा देवतालाई चढाएपछि वर्षात् हुने र धान रोप्ने मौसम खुल्ने मान्यता रहेको राजबंशी विकास समाज उपाध्यक्ष रुपासीदेवी राजबंशीले जानकारीदिनुभयो ।

एकै स्थानमा जमघट भएका राजबंशी समुदायले विरना झुटीलाई मध्यभागमा राखेर शंखनाद गर्दै कथावाचन गर्दछन् । कथामा शारिरीक सुस्वास्थ्य र समृद्धिको कामनासहित असारे खेति सुरु गर्ने प्रेरणा दिएपछि दुखलीका दिन समेत फर्केको मान्यता स्थापित गरेर खेति प्रणालीमा लाग्नुपर्ने सन्देश दिइएको छ ।
पर्व प्रारम्भ भएको सुरुवात गर्नका अग्रजले कथा बाचन गर्नुपर्ने र अन्यले एकै स्थानमा भेला भएर श्रवण गरिसकेपछि प्राणप्रतिष्ठा वापत स्थापित गरिएको बिरना झुटीलाई टक्टक्याइन्छ । सामुहिक रुपमा भेला भएर मनाइने पर्वपछि खीर, आँच, लिची, केरा र डोहालाई विशेष पर्सादको रुपमा ग्रहण गर्ने प्रचलन छ । लोप हुँदै गएको लोथापोथाको संरक्षण खेति प्रणालीमा जोडिनु पर्दछ भन्ने सन्देश दिन पनि आवश्यक रहेको पूर्व गृहराज्यमन्त्री समेत रहनु भएका भीमराज राजबंबीको भनाई छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved