कृषि अनुदान २० अर्ब :जथाभाबी वितरण , वास्तविक कृषकले भने पाएनन्

  • प्रकाशित मितिः असार, 7, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / नेकपाका नेता चक्रपाणी खनाल र रामकुमारी चौधरीले सम्हालेको कृषि तथा पशुपंक्षी मन्त्रालयले यस बर्ष कृषक अनुदानका नाममा कृषकलाई भन्दै २० अर्ब रुपैंया वितरण गरेको तथ्याङक सार्वजनिक भएको छ । संसदीय समितिले समेत कानुन विपरीत कार्यविधि बनाएर काम गरीरहेको ठहर गरेका मन्त्री खनाल र राज्य मन्त्री चौधरीले सम्हालेको मन्त्रालयले यस वर्ष कृषक अनुदानका नाममा २० अर्ब रकम वितरण गरेको हो ।

उत्पादकत्व बढाउन कृषकका लागि भनेर विनियोजन गरीएको बजेटलाई खनाल र चौधरीले कार्यविधि बनाएर गैर कृषकलाई समेत अनुदान वितरण गरेको कृषि क्षेत्रका विज्ञहरुले आरोप समेत लगाएका छन् । कृषक अनुदान कार्यक्रमको नाममा आफु अनुकुल विधि निर्माण गरेर जथाभावी रकम वितरण गरेको उनीहरुको आरोप छ । जथाभावी रकम वितरण र भ्रष्टाचार गरेका कारण प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम समेत बदनाम भएको छ ।

अख्तियारले कार्यक्रमका डिजी सहितमाथि भ्रष्टाचारको मुद्दा समेत दायर गरीसकेको छ ।प्रधानमन्त्री कृषि आधुनिकरणमा १२ अर्ब भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । कृषकलाई ५ हजार रकम दिएर १५ हजारको भपाई गरेको तथ्य पनि फेला परेको छ ।


मन्त्री र मन्त्रालयका उच्च अधिकारीले आफु निकट र आफ्नो दल नजिककालाई छानेर अर्वौ रुपैंया जथाभावी वितरण गर्दा वास्तविक कृषकले अनुदान नपाएको र उत्पादकत्व वढ्न नसकेको विज्ञहरुको भनाई छ । खनाल र चौधरीले सम्हालेको मन्त्रालयले ९ अर्ब रकम रासायनिक मलमा मात्र वितरण गरेको छ तथ्याङमा उल्लेख छ । त्यसैगरी कृषि उपकरण खरिदका नाममा ११ अर्ब खर्च भएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

मन्त्री खनाल र राज्य मन्त्री चौधरी अनावश्यक रुपमा विदेश भ्रमणमा जाने गरेको , अनुदानका नाममा आफु निकटलाई छानीछानी नक्कली कृषक बनाएर जथाभावी रकम वितरण गरेको , मन्त्रालयले कानुन विपरीत कार्यविधि बनाएर काम गरेको , मन्त्रालय मातहतका काममा भ्रष्टाचार भएको र कृषकका लागि आवश्यक रशायनिक मल खरिद नगरी कृषकलाई नोक्सान पुर्याएको लगायतका विषयलाई लिएर संसदीय समितिले समेत छानविन थाल्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड विच भएको मन्त्रीमण्डल फेरबदलको समझदारीमा पनि मन्त्री खनाल र राज्य मन्त्री चौधरी पनि फेरिन सक्ने सम्भावन रहेको बुझिएको छ । उनीहरुले काम गर्न नसक्दा सरकारलाई समस्या भएको ठहर सँगै अन्य मन्त्री सँगै दुवै जना फेरिने सम्भावना रहेको नेकपाका एक केन्द्रिय नेताले जानकारी गराएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved