भवनको छतमा हेलिकोप्टर दुर्घटना

  • प्रकाशित मितिः जेठ, 28, 2076
  • पहिलो किताब संवाददाता

एजन्सी / न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन् । दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ ।

स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ ।

दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ ।

दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved