अँध्यारो यूगलाई उज्यालो बनाउने कुलमानः अन्तरवार्ता

  • प्रकाशित मितिः माघ, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / बिजुलीको समस्या नेपाली समाजको लागि निक्कै पुरानो र प्रमुख थियो । १६ देखि २२ घण्टा सम्म लोडसेडिङ भोगेका नेपालीहरुले त सायद लोडसेडिङबाट मुक्ति सम्भव पनि छ भन्ने कुरा सपनामा पनि सोच्नसक्ने अवस्था थिएन । तर यो वर्ष कसैले अनुमान नै नगरेको अवस्थामा तिहारदेखि उपत्यकाबाट लोडसेडिङ मुक्त अभियान सुरु भयो । अत्यन्त सहज तरीकाले नेपालबाट हाउगुजी बनेको लोडसेडिङ निर्मूल हुन लागेको विषय सम्पूर्ण नेपालीहरुको लागि सबैभन्दा ठुलो खुशीको समाचार बन्न पुग्यो ।

सङ्गै देशमा यति लामो लोडसेडिङ लम्ब्याएर देशमा केहिको इशारामा पोषिएका उर्जा माफियाका अनुहारहरू पनि जनताले देख्न पाए । त्यस्ता अनुहार खोज्न यति सहज थिएन, सम्बन्धित मन्त्रालय, प्राधिकरण प्रमुख अनि नेपाल प्रहरीका केही नायकको पहलमा रातपरेपछि सल्बलाउने बन्द बिजूलीका खलपात्रहरू रङ्गेहात समातिन थाले । न कुलेखानी सुक्यो, न प्रमुख स्टेशन, सव स्टेशनमा प्राविधिक गड्बडी‘। बिजूली बल्न थाल्यो । अँध्यारो टुकी यूगमा विदेशी भूमीबाट अर्बौको ब्याट्री तथा इन्भर्टर थुप्रिने नेपालमा उज्याला कुलमानले एउटा हर्षको शंकेत गरे ।

हिँउदमा बिजुलीबत्ति नहुँदा बत्तिको आउने जाने तालिका हेर्दै, मैनवत्ति र इन्भरटरसंग पौंठेजोरी खेल्दै नेपालीहरुले धेरै हिँउद बिताएका छन् । ठूलो शहरमा सानो टुकी अनि मैनवत्तिको र अन्य उर्जा विकल्पका धेरै व्यापार भएको विगतका वर्षहरु भन्दा अब केहि फरक छ । अब हिँउद लागेपछि व्यबसायहरु बिजुली नभएर बन्द भएका छैनन्, तालिका नहेरि खाना पकाउन अनि पढ्न नेपालीहरुले पाएका पाएकाछन् । नेपाल अबल लोडशेडिगं मुक्त भएको छ र यो रुपान्तरणको श्रेय समग्र नेपालले एकजनालाई दिएको छ । प्रस्तुत छ अँध्यारोको यूग चिरेर उज्यालो नेपाल बनाउन सफल कुलमान घिसिंगसंग गरेको कुराकानीः

तपाईँले के काम गर्नु भयो जसकारण बर्षौ देखि रहेको लोडसेडिङ हटाउनु भयो ?

मैले करिव २४ वर्ष यहि क्षेत्रमा काम गरे, कामसंगै विद्युतको ब्यबस्थापन सम्बन्धि काममा पनि राम्रो ज्ञान राख्ने भएको कारण मलाइ काम गर्न सहज भयो । विद्युत प्राधिकरणमा टेक्निकल एक्सपर्टीजको मात्र हैन ब्यबस्थापनको पनि राम्रो भूमिका पनि उति नै राम्रो हुनुपर्दछ । सबै किसीमका कर्मचारी भएको यस सस्थामा दक्ष जनसक्ति हायर र राम्रो प्रतिफल दिन नसक्ने कर्मचारी फायर गर्न सक्ने ममा छैन । यहि भएको कर्मचारीलाइ ब्यबस्थापन गरेर राम्रो प्रतिफल दिनुपर्ने भएको कारण केहि समस्या त भयो तर बिस्तारै उचित मान्छेलाइ उचितकामको नेतृत्व दिएर काम गर्दै छौ । बिजुली चुहावट नियन्त्रण गर्नु ठुलो समस्या थियो त्यो कुरा बिस्तारै न्यून हुदै छ । प्राधिकरणका दुइ जना कर्मचारी सरुवा गर्नु पर्यो भने पाचवटा कर्मचारी यूनियनलाइ सोध्नु पर्ने अवस्था थियो । प्राधिकरण भित्र चेन अफ कमाण्ड मेन्टेन गर्न नसक्नु पनि एउटा समस्या थियो । त्यसै कारण विद्युत प्राधिकरण घाटामा जादै थियो । म आउनु भन्दा पहिला नौ अर्व घाटामा भएको प्राधिकरण म आएको वर्ष डेढ अर्व नेट फाइदामा आयो । मेरो काम सुरु गरे संगै लोडसेडिङ मात्र हैन प्राधिकरण आर्थिक रुपमा पनि सक्षम बनेको छ ।

एउटा मिटरबक्स लिनको लागि लालपुर्जा आवस्यक थियो जसकारण सुकुम्बासीले बिजुली बाल्न नसक्ने समस्या थियो यसको समाधान कसरी हुदैछ ?

अहिले नेपाली नागरिक सबैले बिजुली बाल्न पाउँछन् । सायद् पहिला बिजुली व्यवस्थापनमा समस्या भएको कारण उक्त समस्या देखिएको हो । अहिले मिटरको लागी परेको निवेदन परेको सात दिन भित्र मिटर दिने ब्यबस्था छ । पछिल्लो दुइ वर्षमा करिव दुइलाख भन्दा धेरै ग्राहक बनाएको छौ । अबको ५ वर्षमा नेपालका सबैघरमा बिजुलीको सुबिधा पुर्याउने अठोटका साथ अगाडी बढ्दै छौ ।

अहिले नेपालमा मात्र हैन बंगलादेशमा बिजुली बेच्ने कुराहरु सुन्दै आएका छौ । नेपालमा नै उक्त बिजुलीबाट उद्योग धन्दा चलाउँदा देशको अर्थतन्त्र राम्रो हुन्थ्यो होला नी रु

नेपालमा नै बिजुली खपत कसरी धेरै गराउने भनेर हामी अध्यन गर्दै छौ । अहिले इलेक्ट्रिक भेकलको प्रयोग बढाउने भनेर अध्यन गर्दै छौ । प्रति युनिट बुजुली दस रुपया बेच्नु भन्दा यहि नै उद्योगधन्दामा खपत भयो भने नेपालको जी.डी.पी ग्रोथमा सय रुपैयाँ बढी आउँछ । नेपालमा प्रयोग गरेर बाकि रहेको बिजुली मात्रै बेच्ने कुरा हुँदै हो । विद्युत बंगलादेशमा मात्र हैन हामीले रिजिनल मार्केट बनाउँदै छौं । विद्युतको माग सबै समय समान हुँदैन उच्चमाग भएको समयमा बाहिरको बिजुली लिने र कम माग भएको समयमा मात्र बेच्ने तयारी हुँदै हो ।

अहिले पनि उपभोक्ताले मिटरबक्स लिनको लागी झन्झट बेहुर्नु पर्यो भन्ने सुनिन्छ यसको समाधानको लागी के हुदै छ ?

यो हाम्रो धेरै पहिले देखिको समस्या हो । मिटर छैन भन्ने र सिफारिस गर्ने मानिसले पनि नाजायज काम गर्न खोज्नेलाइ हामीले निरुत्साहित गर्दै छौ । निवेदन परेको ७ दिन भित्र सिंगल फेज मिटर दिने र ३० दिन भित्र थ्री फेज मिटर दिने नियम बनाएर कार्यन्वयन गर्दै छौ । प्राधिकरणको कर्मचारीले नाजायज फाइदा उठाउन खोजेको थाहा पाउने बित्तिकै उसलाई पनिसमेन्ट दिन्छौ ।

अव्यवस्थित नांगो ताराको कारण मानिसहरुको ज्यान गएको सुन्नमा आइरहन्छ, यसको समाधानको लागी के तयारी हुदै छ ?

अहिले सेफ्टीको विषय गम्भीर रुपमा उठेको छ । नेपालले मात्र हैन विश्वका विकसित देशहरुले पनि अझै यो समस्याको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले सबै ठाउमा अन्डरग्राउण्ड बनाउन आर्थिक भार धेरै पर्छ । तर हामी कभार्ट कन्डक्टर प्रयोग गर्दै छौ । हाइ भोल्टेज प्रसारण हुने नाङ्गो तारको मुनी बस्ती बसाइनु पनि ठुलो समस्याको रुपमा लिएको छौ । जसकारण भविस्यमा पनि यस्ता समस्या आइपर्ने देखेका छौ । अन्डरग्राउन्ड लाइन बिस्तारको लागी पनि टेन्डर खुल्दै छ ।

तपाइँको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले जुन फड्को मारेको छ नेपाली राजनीतिमा पनि यस्तै कुराको खाँचो छ । केहि सोंच्नु भएको छ राजनीतिमा प्रवेश गर्ने र समग्र देशको नै बिकास गर्ने ?

मैले अहिले सम्म राजनीतिमा प्रवेश गर्ने सोंच बनाएको छैन । अहिले म आफ्नो फिल्डमा के गर्न सकिन्छ त्यहि गर्दैछु ।

मूलुकलाई लोडसेडिङ मुक्त गर्न आफ्नो ज्ञान र व्यवस्थापकीय क्षमता प्रदर्शन गरेका घिसिङ यो पुस्ता यो युगका देशवासीले अत्याधिक रुचाएका व्यक्तित्व हुन् । देशको प्रमुख समस्या निर्मुल पार्ने प्रयासमा रहेका यी नायकको हरेक पाइलाहरु नेपाल तथा नेपालीको सेवाको हरेक बाटोमा लागिरहोस् । यिनको कार्य कुशलताले जति सफलता हात पार्छ त्यति उज्यालो हुनेछन् नेपाली घरहरू । हरेक नेपालीको तर्फबाट शुभकामना छ उज्याला “कुलमान” ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved