दाङको कुलोमा पुरुषको शव : मारिएको हो कि आफैँ मरे ?

  • प्रकाशित मितिः कार्तिक, 20, 2075
  • पहिलो किताब संवाददाता

दाङ / दाङको तुलसीपुरमा मंगलबार बिहान एक व्यक्ति मृत भेटिएका छन्।

तुलसीपुर उपमहानगरपालिका–१८, माथिल्लो हेमन्तपुरस्थित कुलोमा सोही वडाको धनखनिया बस्ने ५८ वर्षीय बलबहादुर दमाईको शव भेटिएको हो।

कुलोको पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार सुस्त मनस्थितिका ती व्यक्ती अत्यधिक मदिरा पिउने गर्थे । मदिरा खाएर लडेर उनको मृत्यु भएको हुनसक्ने स्थानियको भनाइ छ ।

कसैले मारेर उक्त कुलोमा फादिएको पनि हुनसक्ने तर अनुशन्धान पश्चात मात्र सबै कुरा खुलाइने प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved